श्रीमान्‌द्वारा श्रीमतीको हत्या

बिनयी त्रिबेणी गाउँपालिका-३ बस्ने ५० वर्षीय महेन्द्र पौडेलले आफ्नै निवासमा श्रीमती गोमा पौडेलको घाँटी रेटेर हत्या गरेका हुन्।

श्रावण ३०, २०८२

नारायण शर्मा

Murder of wife by husband

नवलपरासी — बिनयी त्रिवेणीमा धारिलो हतियार प्रयोग गरी श्रीमान्‌ले आफ्नै श्रीमतीको हत्या गरेका छ्न्।

प्रहरीका अनुसार बिनयी त्रिबेणी गाउँपालिका-३ बस्ने ५० वर्षीय महेन्द्र पौडेलले आफ्नै निवासमा श्रीमती गोमा पौडेलको घाँटी रेटेर हत्या गरेका हुन्।

शुक्रबार बिहान ११ बजे सामान्य झगडा पछि चक्कुले घाँटीमा रेटेर हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई  प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully