स्याङ्जामा निःशुल्क स्वास्थ्य शिविर

रोटरी, बीएम फाउन्डेसन र नवदीप युथ क्लबको संयोजनमा भएको शिविरबाट २ सय जना लाभान्वित भएका छन् ।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

Free health camp in Syangja

स्याङ्जा — स्याङ्जाको कालिगण्डकी–५, नयाँमिलमा आयोजित स्वास्थ्य शिविरमा झन्डै २ सय जना लाभान्वित भएका छन् । एकदिने शिविरमा स्याङ्जा र आसपासका स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बीएम फाउन्डेसनका संस्थापक एवं रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका असिस्टेन्ट गभर्नर डा. बुद्धिमान श्रेष्ठले बताए । 

स्थानीय ज्येष्ठ नागरिक दिलबहादुर नेपालीको स्वास्थ्य परीक्षण गरेर शिविरको सुरुआत गरिएको थियो । फाउन्डेसनको आयोजना तथा स्थानीय नवदीप युथ क्लबको संयोजनमा आयोजित शिविरमा सामान्य उपचार, स्त्रीरोग, हाड जोर्नी तथा नशा रोग, छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । 

जीएमसी अस्पताल पोखराबाट गएको चिकित्सक टोलीले शिविरमा आएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा हाड जोर्नी, उच्च रक्तचाप र मधुमेहका बिरामी धेरै थिए । थप उपचार आवश्यक भएका बिरामीलाई जीएमसी अस्पताल पोखरा रिफर गरिएको छ । 

कार्यक्रमको सहआयोजक रोटरी न्यातपोल, रोटरी क्लब अफ काठमाडौँ नर्थ, रोटरी क्लब अफ ग्रीनल्यान्ड काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ डाउन, रोटरी क्लब अफ ठमेल काठमाडौँ र जीएमसी अस्पताल पोखरा रहेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully