तनहुँमा बस र माइक्रो ठोक्किँदा २१ जना घाइते

काठमाडौंबाट दमौलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५०३ नम्बरको माइक्रोबस र डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस एकआपसमा ठोक्किएको हो ।

श्रावण २९, २०८२

सम्झना रसाइली

21 people injured when a bus and a micro collided in Tanahun

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित ठूलोढुंगामा बिहीबार साँझ बस र माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ ।

काठमाडौंबाट दमौलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५०३ नम्बरको माइक्रोबस र डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस एकआपसमा ठोक्किएको हो । दुर्घटनामा २१ जना घाइते भएका जिल्ला प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । घाइतेहरुमध्ये ४ जनालाई पोखरास्थित मणिपाल, ८ जनालाई चितवनको सिएमसी र १ जनालाई दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका लागि पठाइएको छ भने अन्यको डुम्रेस्थित लक्ष्मी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

21 people injured when a bus and a micro collided in Tanahun

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully