कावासोतीबाट बर्दघाट जाँदै गरेको बा.प्र.०६-००१ क ०४४४ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ७६ प २७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएको हो ।
नवलपुर — पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-८ चोरमारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छ्न् ।
कावासोतीबाट बर्दघाट जाँदै गरेको बा.प्र.०६-००१ क ०४४४ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ७६ प २७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक राजकुमार बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले जानकारी दिए । उनका अनुसार मृतकको ठेगाना यकिन भइसकेको छैन ।
दुर्घटनामा मोटरसाइकलमा सवार कावासोती नगरपालिका-१४ का जीतबहादुर महतो घाइते भएका छ्न् । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।
