तीन दिनदेखि मादीमा बेपत्ता परियार भेटिएनन्

व्यास नगरपालिका–१ अम्रेनीका ४० वर्षीय हरि परियार साथीभाईसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

श्रावण २६, २०८२

रासस

The missing Pariyar was not found in Madi for three days

तनहुँ — व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवक तीन दिनदेखि फेला परेका छैनन् । 

व्यास नगरपालिका–१ अम्रेनीका ४० वर्षीय हरि परियार साथीभाईसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी जारी राखे पनि उनी  नभेटिएको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

मादीमा पानीको बहाव बढिरहेकाले खोजी गर्न कठिनाइ भएको छ । परियार नेपाल टेलिकम दमौली शाखामा सवारीचालक पदमा कार्यरत थिए । 

रासस

Link copied successfully