खोर्लाबेंसीमा बनेको बेलिब्रिजको उद्घाटन

३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न लागेको साहस उर्जा लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत पुल निर्माण गरेको हो ।

श्रावण २५, २०८२

हरिराम उप्रेती

Inauguration of Beili Bridge built in Khorlabensi

गोरखा — धार्चे गाउँपालिका–३ खोर्लाबेंसीमा नवनिर्मित बेलिब्रिजको उद्घाटन गरिएको छ । आइतबार धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र टाइम्स इनर्जीका अध्यक्ष हिम पाठकले संयुक्तरुपमा पुल उद्घाटन गरेका हुन् । 

३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न लागेको साहस उर्जा लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत पुल निर्माण गरेको हो । ४ करोडको लागतमा ३६ मिटर लम्बाईको पुल निर्माण भएसँगै उत्तरी क्षेत्र आउजाउमा सहज बन्ने छ । बेनीघाट–आरुघाट–लार्के सडक खण्डअन्तर्गत धार्चे–३ खोर्लाबेंसीस्थित निम्रुङ खोलामा पुल निर्माण गरिएको हो ।

बेलिब्रिज निर्माण भएसँगै धार्चे र चुमनुव्री गाउँपालिकाका स्थानीयलाई आउजाउमा सहज बन्ने छ । आपतकालीन अवस्थामा द्रुत आवागमनमा पनि सहज बन्ने अपेक्षा गरिएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully