गैंडाकोटको खरकट्टा जंगलमा ना ५ ख ८४१७ नम्बरको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नवलपरासी — गैंडाकोटमा आइतबार स्कुटर र ट्रक जुध्दा दुई जनाको मृत्यु भएको छ ।
गैंडाकोटको खरकट्टा जंगलमा ना ५ ख ८४१७ नम्बरको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा कावासोतीका दलबहादुर सुनारी र रिजमान मियाको ज्यान गएको छ । रिजमानको ठेगाना खुलेको छैन ।
जिल्ला प्रहरीका सूचना अधिकारी मधु नेपालले भने, 'ट्रक मुनि दुई जना च्यापिएको देखिएको छ, अरु पनि हुनसक्छ । उद्धारमा छु ।'
