लागुऔषध मुद्दाका फरार कसुरदार २२ वर्षपछि पक्राउ

न्यायिक कारबाहीलाई प्रभावकारी बनाउन सादा पोसाकको प्रहरी टोलीले पौडेललाई पक्राउ गरी अदालतमा बुझाएको छ।

श्रावण १८, २०८२

प्रतीक्षा काफ्ले

Fugitive drug offender arrested after 22 years

स्याङ्जा — लागुऔषध मुद्दाका फरार कसुरदार २२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जाबाट २०५९ वैशाख २३ गते भएको फैसलाले १० महिना १८ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका आँधीखोला गाउँपालिका–४ का ४८ वर्षीय रामचन्द्र पौडेललाई आज पक्राउ गरिएको हो । 

पक्राउ परेका पौडेललाई जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रशन्नराज चौधरीले जानकारी दिए ।

अदालतबाट भएका फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माण अभियानअन्तर्गत सादा पोसाकमा खटिएको प्रहरी टोलीले पौडेललाई पक्राउ गरेको थियो ।  

प्रतीक्षा काफ्ले

Link copied successfully