कावासोतीमा बस दुर्घटना, १३ जना घाइते 

आइतबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-८ मा डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस सडक छेउमा धसिएको प्रहरीले जनाएको छ ।

श्रावण १८, २०८२

नवीन पौडेल

Bus accident in Kawasoti, 13 injured

नवलपुर — पूर्वी नवलपरासीको कावासोतीमा यात्रुबहाक बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छ्न् ।

आइतबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-८ मा डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस सडक छेउमा धसिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालका अनुसार घाइतेमध्ये ८ जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा र ५ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ । 

दुर्घटनाबारे अनुसन्धान भैरहेको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully