तनहुँको ऐना पहरामा बस दुर्घटना, केही यात्रु घाइते 

गोर्खा-चितवन चल्ने बस स्टार्ट गर्न लाग्दा हुत्तिएर सडकबाट केही मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

श्रावण १८, २०८२

सम्झना रसाइली

Bus accident at Aina Pahra in Tanahun, some passengers injured

तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका- २ स्थित ऐना पहरामा आइतबार दिउँसो ४ बजेतिर बस दुर्घटना भएको छ । 

गोर्खा-चितवन चल्ने रोकिराखेको बा२ ख १०७७ नम्बरको यात्रुबाहक बस स्टार्ट गर्न लाग्दा हुत्तिएर सडकबाट केही मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ४/५ जना यात्रु सामान्य घाइते भएका छन् ।    

बस दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट उद्धार टोली परिचालन भएको डीएसपी शैलेन्द्र थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully