त्यस्तै भिमसेन थापा गाउँपालिका–४ को कालिका सामुदायिक वन उपभोक्ता समूह दोस्रो बनेको छ ।
गोरखा — डिभिजन वन कार्यालय गोरखाले जिल्लाका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्य गरेका चार सामुदायिक वनलाई सम्मान गरिएको हो ।
कार्य मूल्यांकनको आधारमा पालुङटार नगरपालिका–९ को कुसुण्डे इमडाँडा सामुदायिक वन उपभोक्ता समूह पहिलो बनेको छ । उक्त समूहलाई प्रमाणपत्रसहित नगद आठ हजारले सम्मान गरिएको हो ।
त्यस्तै भिमसेन थापा गाउँपालिका–४ को कालिका सामुदायिक वन उपभोक्ता समूह दोस्रो बनेको छ । अजिरकोट गाउँपालिका-१ को कामधेनु सामुदायिक वन उपभोक्ता समूह तेस्रो तथा गोरखा नगरपालिका–२ को शिखर गागटे सामुदायिक वन उपभोक्ता समूह सान्त्वना बनेको छ । दोस्रो, तेस्रो र सान्त्वना बन्ने वन समूहलाई क्रमश: ५ हजार, २ हजार र ३ हजार नगदसहित सम्मान गरिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।
