चार दिनअघि नारायणीमा बेपत्ता युवकको शव फेला

गैंडाकोट-७ गैरीस्थित नारायणी किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

श्रावण १७, २०८२

नारायण शर्मा

Four days ago, the body of a missing youth was found in Narayani

नवलपरासी — चार दिनअघि नारायणी नदीको पुलबाट हामफालेर बेपत्ता भएका गैंडाकोटका १५ वर्षीय युवकको शनिबार बिहान शव फेला परेको छ ।

गैंडाकोट नगरपालिका-२ कुसुमघाट निवासी आदेश श्रेष्ठ पुलबाट हामफालेर बेपत्ता भएका थिए । श्रेष्ठ कक्षा ९ मा पढ्दै थिए ।  

गैडाकोट-७ गैरीस्थित नारायणी किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । शव भरतपुरस्थित सरकारी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ । मृतकका बाआमा जापानमा रहेको बुझिएको छ । 

त्यसैगरी शनिबार बिहान विनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणी ब्यारेज पुलमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्यारेज पुलको ३२ नम्बरको फलामे ढोकामा अड्किएको अवस्थामा शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully