मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

गोरखामा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते पैदलयात्रीको उपचारको क्रममा निधन, चालक नियन्त्रणमा, घटनाको थप अनुसन्धान जारी।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Old man dies due to motorcycle collision

गोरखा — मोटरसाइकलको ठक्करबाट गोरखा नगरपालिका–१० वीरेनचोकका ७० वर्षीय क्षेत्रबहादुर थापाको मृत्यु भएको छ । 

बुधबार आवुँखैरेनीबाट गोरखा तर्फ आउँदै गरेको लु ६१ प ४६८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल हिँडरहेका थापा घाइते बनेका थिए । गम्भीर घाइते थापाको उपचारको क्रममा चितवनको मनकामना अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । 

मोटरसाइकल चालक नवलपुर मध्यबिन्दु नगरपालिका–१ का २९ वर्षीय साजन जिसीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully