कालीगण्डकी सडक अवरुद्ध

सडक अवरुद्ध भएलगत्तै पुर्तीघाटबाट प्रहरी परिचालन, पहिरो पन्छाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

Kaligandaki road blocked

गुल्मी — पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए  । पहिरो पन्छाउने प्रयास जारी छ । 

कान्तिपुर

Link copied successfully