३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न लागेको साहस ऊर्जा लिमिटेडले पुल निर्माण गरेको हो ।
गोरखा — बेनीघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका-३ खोर्लाबेंसीमा बेलिब्रिज निर्माण भएको छ । ३६.५६ मिटर लम्बाइ र ४ मिटर चौडाइको पुल निर्माण सम्पन्न भएको साहस ऊर्जा लिमिटेडका हिम पाठकले जानकारी दिए ।
३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न लागेको साहस ऊर्जा लिमिटेडले पुल निर्माण गरेको हो ।
लिमिटेडको सामाजिक उत्तरदायित्वअन्तर्गत बेलिब्रिज निर्माण गरिएको उनले बताए । ४ करोड २५ लाखको लागतमा बेलिब्रिज निर्माण गरिएको उनले बताए । ‘वैशाखबाट काम सुरु गरेका थियौँ, ३ महिनाको अवधिमा पुल निर्माण सम्पन्न भयो,’ उनले भने,‘पुल बनेपछि उत्तरी क्षेत्र जाने स्थानीयलाई पनि सहज बन्ने छ ।’
लार्के सडकको ट्य्राक चुमनुव्री-३ पाङसिङसम्म खुलेको छ । पुल निर्माण भएसँगै साना तथा ठूला सवारी आउजाउमा सहज बन्ने छ । धार्चे र चमुनुव्रीका स्थानीय तथा मनास्लु क्षेत्र जाने पर्यटकलाई आउजाउमा सहज हुने छ ।
