नवलपरासी पूर्व — गैंडाकोटको हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी भएको छ । जिल्लाकै सुविधासम्पन्न र अत्याधुनिक मानिने यो रिसोर्टमा बुधबार बिहान आगलागी भएको हो ।
होटलका म्यानेजर निरज गौतमका अनुसार काठैकाठले बनेका हलमा आगलागी भएको हो । 'विद्युत् सर्ट भएको जस्तो देखिन्छ,' गौतमले भने, 'दमकल बोलाएर आगो निभाउने प्रयास भइरहेको छ ।'
स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ । यो रिसोर्ट जिल्लाकै सुविधासम्पन्न मानिन्छ ।
