नारायणीको पुलबाट हामफालेर दुई जना बेपत्ता

श्रावण १३, २०८२

नारायण शर्मा

Two people went missing after jumping from Narayani Bridge

नवलपरासी — नारायणी नदीको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार मंगलबार साँझ ७:४५ तिर करिब ४२ वर्षिया महिला पुलबाट हाम फालेर बेपत्ता भएकी हुन् । उनको पहिचान खुलेको छैन ।

त्यसैगरी मंगलबार बिहान गैंडाकोटकै १५ वर्षका आदेश श्रेष्ठ पुलबाट हामफलेर बेपत्ता भएका हुन् । उनी गैंडाकोट नगरपालिका वडा नम्बर–५ का हुन् । दुवैको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully