पहिरो अपडेट: राजमार्ग एकतर्फी सञ्चालनमा

श्रावण १२, २०८२

सम्झना रसाइली

Landslide Update: Highway one way open

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत विमलनगर खण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ करिब साढे ८ बजेको समयमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको थियो ।

विमलनगरको चुनपहरास्थित सडकभन्दा माथिबाट खसेको सुख्खा पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully