What you should know
कास्की — पोखरामा कोरोना भाइरस संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।
चरक अस्पतालमा उपचाररत ७४ वर्षीय वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
पोखरा–११ फूलबारी बस्ने ती वृद्धामा गत असार २५ मा कोरोना संक्रमण पुष्टि भएको थियो । ‘कोरोनाले नै मृत्यु भएको भनेर ठ्याक्कै कारण त्यही नहुन सक्छ । तर उहाँ कोरोना पोजिटिभ हो,’ उनले भने ।
ती वृद्धामा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
