गण्डक नहरमा पुरुषको शव फेला

श्रावण ५, २०८२

नवीन पौडेल

Body of man found in Gandak Canal

What you should know

नवलपुर — पूर्वी नवलपरासीको गण्डक ब्यारेजमा एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक नहरको ३ नम्बर ढोकामा शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालका अनुसार अन्दाजी  ५५/६० वर्षजस्तो देखिने पुरुषको शवलाई निकालेर मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा राखिएको छ । मृतकको पहिचान पत्ता लगाउन र घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले बतायो । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully