कावासोतीमा करेन्ट लागेर मजदुरको मृत्यु 

असार ३०, २०८२

नवीन पौडेल

Worker dies due to electrocution in Kawasoti

नवलपुर — पूर्वी नवलपरासीको कावासोतीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । कावासोती-३ स्थित नमुना सदरमुकाममा  निर्माणाधीन सभाहलमा काम गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालका अनुसार  बर्दिया ठाकुरबाबा नगरपालिका-२ का ३५ वर्षीइ सरोज थारुको मृत्यु भएको हो ।

करेन्ट लागी घाइते भएका थारुलाई  उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा  उपचारका क्रममा  मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully