हुप्सेकोटमा बाघको आक्रमणबाट एक घाइते

असार २७, २०८२

नवीन पौडेल

One injured in tiger attack at Hoopscot

नवलपुर — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ बेलुवामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । स्थानीय ३८ वर्षका दिपेन्द्र शेर्पुन्जा बाघको आक्रमणबाट घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा आज बिहान बाघले आक्रमण गरेको हो ।

आक्रमणबाट  हातको, छाती र ढाडमा चोट लागेको छ । घाइते शेर्पुन्जालाई तत्काल उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully