हातमा विनोद लेखिएको ट्याटु खोपिएको छ
नवलपरासी पूर्व — नेपाल-भारतको सिमाना त्रिवेणीधामस्थित गण्डक ब्यारेज पुलमा एउटा शव फेला परेको छ । बिहीबार साँझ उक्त शव ब्यारेज पुलमा भेटिएको हो ।
मृतकको दाहिने हातमा विनोद लेखिएको ट्याटु खोपिएको छ । शुक्रबार पोस्टमार्टमका लागि शव कावासोतीस्थित जिल्ला अस्पतालमा पठाइएको छ । शवका बारेमा सार्वजनिक सूचना जारी गरेर खोजतलासका लागि आउन प्रहरीले अनुरोध गरेको छ ।
