म्याग्दी — मालिका गाउँपालिका-३ रुमको लुक्सीपार भन्ने स्थानमा बुधवार गएको पहिरो परी बेपत्ता भएका स्थानीय १२ वर्षीय बालक सरोज विकको शव बिहीबार दिउँसो फेला परेको छ ।
बुधबार दिउँसो बाबुसँग घाँस दाउरा गर्न गएका विकलाई माथिबाट एक्कासि झरेको पहिरोले बाबुसँगै पुरेको थियो । ३५ वर्षीय बाबु जकेन्द्र विकको भने बुधबार नै शव फेला परेको थियो ।
सशस्त्र, प्रहरी र स्थानीयको लुक्सीपार पहिरो खसेको खोल्लाका सबै भाग खोज्दा पहिरोले पुरेको अवस्थामा बालकको शव फेला परेको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले बताए ।
