दाउन्नेमा भासिएको सडक पुरेर एकतर्फी सवारी सञ्चालन

असार २५, २०८२

नारायण शर्मा

Operation of one-way traffic by covering the flooded road in Downe

नवलपरासी — महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा भासिएको सडक पुरेर एकतर्फी सञ्चालनमा ल्याइएको छ। बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बर्दघाटबाट पूर्व खुर्सानी खोला नजिक राजमार्ग भासिएको थियो। अहिले भासिएको ठाउँमा पुरेर एकतर्फी सडक खुलाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय परासीका डीएसपी वीरदत्त पन्तका अनुसार बर्दघाटदेखि पूर्व खुर्सानी खोला नजिक भासिएको सडक पुरेर पालैपालो यातायात संचालन गरिएको छ।

'सरर हिड्ने अवस्था छैन, प्रहरी राखेर यात्रुबाहक गाडीलाई प्राथामिकतामा आवत् जावत् गराएका छौँ,' डीएसपी पन्तले भने। 

राजमार्ग अवरुद्ध हुँदा रोकिएका सैयौँ गाडी बुधबार दिउँसो १२ बजेबाट गन्तब्यतर्फ हिँडेका छन्।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully