पहिरोले पुर्दा बाबुको मृत्यु, छोरा बेपत्ता

असार २५, २०८२

घनश्याम खड्का

Father dead, son missing due to landslide

म्याग्दी — मालिका गाउँपालिका–३, रुमको लुक्सीपार भन्ने स्थानमा पहिरो जाँदा बाबुछोरा पुरिएका छन् । दाउरा खोज्न गाउँनजिकैको जंगलमा गएका बेला माथिबाट खसेको पहिरोले पुरिँदा स्थानीय ३५ वर्षीय बाबु जकेन्द्र विकको मृत्यु भएको छ । 

पहिरोमा पुरिएका उनका १२ वर्षीय छोरा सरोज विक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको दरबाङस्थित वर्षा मापन केन्द्रको अभिलेखअनुसार बुधबार बिहान ६ बजेदेखि मालिका गाउँपालिका क्षेत्रमा भारी वर्षा भइरहेको छ  । बुधबार दिउँसो २ बजेसम्म मालिका गाउँपालिका–६, दरबाङ क्षेत्रमा ११५ मिलिमिटर वर्षा मापन गरिएको छ ।

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully