जिप र पिकअप भ्यान ठोक्किँदा दुम्कीवासमा १० जना घाइते

असार २४, २०८२

नवीन पौडेल

10 people injured in Dumkiwas when a jeep and a pickup van collided

नवलपुर — जिप र पिकअप भ्यान एक आपसमा ठोक्किँदा पूर्वी नवलपरासीको दुम्कीवासमा १० जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्कीवासमा पूर्वतर्फ आइरहेको लु प्र ०१–००१ च ०९४८ नम्बरको स्कर्पियो र पश्चिमतर्फ जाँदै गरेको बा प्र ०३–००१ च १४७४ नम्बरको बोलेरो भ्यान ठोक्किँदा स्कर्पियोमा सवार ९ जना र बोलेरो भ्यानका चालक घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार सामान्य घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा र २ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। दुर्घटनापछि पूर्व–पश्चिम राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। दुर्घटनामा परेका सवारीसाधन सडकबाट हटाउने काम भइरहेको छ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully