सडेगलेको अवस्थामा भाले गैंडा फेला

असार २३, २०८२

नारायण शर्मा

Rotten male rhinoceros found

नवलपरासी — विनयी त्रिवेणी गाउँपालिका-१ ज्यामिरेस्थित खोला किनारमा वयस्क भाले गैंडा मृत फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी १५ वर्षको गैंडा सडेगलेको अवस्थामा फेला परेको हो । कम्तीमा एक महिना अगाडि नै मरेको शंका गरिएको छ । जंगल जानेहरुले देखेपछि खबर गरेका थिए ।

सडेगलेको अवस्थामा गैंडा मृत फेला परेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully