गोरखा — बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोटमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको महत्वपूर्ण कागजपत्र जलाई नष्ट गरिएको अवस्थामा भेटिएको छ ।
बिहीबार राति संस्थाको ढोकामा लगाइएको ताला फोडेर कोठाभित्र प्रवेश गरी संस्थासँग सम्बन्धित कागजात जलाएर नष्ट गरेको पाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
शुक्रबार बिहान संस्थाको कार्यालय खोल्ने क्रममा कर्मचारीले कागजपत्र नष्ट गरेको थाहा पाएका थिए । कागजपत्रमा आगो लगाएर नष्ट गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जौंबारी र जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको सुवेदीले बताए ।
