धन्सार भत्किँदा ५ बाख्रा मरे

असार १८, २०८२

आश गुरुङ

5 goats died when Dhansar collapsed

लमजुङ — मर्स्याङ्दी गाउँपालिका-३ तरापुस्थित खुमबहादुर गुरुङको धन्सार भत्किँदा ५ वटा बाख्रा पुरिएर मरेका छन् ।

मंगलबार राति १ बजेतिर वर्षाका कारण धन्सार भत्किँदा ५ वटा बाख्रा पुरिएर मरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार घटनास्थलमा प्रहरी चौकी खुदीबाट प्रहरी टोली गएको छ । प्रहरी र स्थानीयको सहयोगमा भत्किएको पर्खाल पन्छाउने कार्य भएको र ५ वटा बाख्रा मरेको अवस्थामा फेला परेको उनले बताए ।

प्रहरीले मुचुल्का उठाउने कार्य गरिरहेको र क्षतिको विवरण मुचुल्का उठाएपछिमात्रै प्राप्त हुने उनले जानकारी दिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully