गोरखामा वृद्ध मृत फेला

असार १७, २०८२

हरिराम उप्रेती

Elderly found dead in Gorkha

गोरखा — आरुघाट गाउँपालिका–४ का एक वृद्ध मृत भेटिएका छन् ।

सोमबार सााझ चप्पल किन्न घरबाट निक्लिएका ७१ वर्षीय क्षेत्रबहादुर थापा राति घर नफर्किएपछि खोजी गर्दा मंगलबार बिहान घर नजिकैको गुईखोला(खहरे) दोभानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए । 

प्रारम्भिक अनुसन्धानपछि आरुघाट आधारभूत अस्पतालमा शवको पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको पनि उनले बताए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully