त्रिशूली नदी किनारमा करिब ८ वर्षका बालकको शव भेटियो

असार १४, २०८२

हरिराम उप्रेती

The body of a child of about 8 years was found on the bank of Trishuli river

गोरखा — गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशूली नदी किनारमा करिब ८ वर्षको बालकको शव भेटिएको छ। शुक्रबार साँझ नदी किनारमा बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए।

नदी किनारमा शव भेटिएको सूचनापछि प्रहरी चौकी घ्यालचोक र जिल्ला प्रहरी कार्यालयबाट पनि थप प्रहरी अनुसन्धानका लागि खटाइएको थियो। शवको पहिचान हुन सकेको छैन। शवको सनाखतका लागि मातहतका प्रहरी युनिट र छिमेकी जिल्लामा पनि समन्वय गरिएको उनले बताए। शव पोस्टमार्टमका लागि गोरखा अस्पतालको शव गृहमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully