गोरखा — बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा बारा महागढीमाई नगरपालिका–१ घर भइ गोरखाको एक आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका ३४ वर्षीय विजयकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै विद्यालयमा अध्ययन गर्ने बालिकालाई यौन आशयले संवेदनशील अंगमा समात्ने, अस्वाभाविक यौनजन्य क्रियाकलाप गर्ने, विद्यालय जाने बाटो ढुकी वसी यौनजन्य कार्य गर्ने, विवाहमा दवा दिने लगायतको कार्य गरी बालयौन दुरुपयोग गरेको जाहेरी दरखास्तको आधारमा सोमबार आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले बताए ।
आरोपितविरुद्ध मंगलबार बालयौन दुरुपयोग शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
