पूर्वी नवलपरासीबाट गोरखा भ्रमणमा आएको माइक्रो बस दुर्घटना, ९ जना घाइते

असार ७, २०८२

हरिराम उप्रेती

Micro bus accident on Gorkha visit from East Nawalparasi, 9 injured

गोरखा — पूर्वी नवलपरासीबाट भ्रमणका लागि यात्रु बोकेर गोरखा आएको माइक्रोबस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

शनिबार गोरखा–आँबुखैरेनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका–११, पन्ध्रकिलोमा ध १ ख ४६२ नम्बरको माइक्रो अनियन्त्रित भएर सडक छेउको नालामा पल्टिँदा दुर्घटना भएको हो। माइक्रोमा पूर्वी नवलपरासीबाट गोरखा भ्रमणका लागि आएका १६ यात्रु सवार थिए।

दुर्घटनामा ९ जना घाइते भएका र उनीहरूको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्र प्रसाद सुवेदीले बताए। गोरखा भ्रमण गरेर फर्कँदै गरेको माइक्रो दुर्घटना भएको जनाइएको छ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully