विनयी खोलामा फसेका २४ यात्रुको उद्धार, बस खोलामै

असार ६, २०८२

नारायण शर्मा

Rescue of 24 passengers stuck in Vinayi river, bus in the river

नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबासको विनयी खोलामा बनाइएको डाइभर्सनमा मध्यरात फसेको एक यात्रुवाहक बसका सबै २४ यात्रुको प्रहरीले सकुशल उद्धार गरिएको छ ।

गएराति पौने १२ बजे नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस बाढी आएको विनयी खोलाको बीचमा फसेको थियो ।

प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेको हो ।

जिल्ला प्रहरीका अनुसार बस भने खोलामै छ ।

Rescue of 24 passengers stuck in Vinayi river, bus in the river

६ महिनाअघि दुम्कीबासस्थित विनयी खोलामा रहेको फलामे पुल भाँच्चिएपछि त्यहा डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको छ ।

विनयी खोलामा बाढी आउनासाथ डाइभर्सन बगाउने र फेरि बनाउने क्रम चलिरहेको छ । यो खोलामा आउने बाढीले बिबीबारसम्म ८ पटक डाइभर्सन बगाएको छ । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully