खोलामा ट्रयाक्टर पल्टिँदा महिलाको मृत्यु

असार ३, २०८२

नारायण शर्मा

A woman died when the tractor overturned in the river

नवलपरासी — मध्यबिन्दु नगरपालिकामास्थित गिरुबारी खोलामा ट्रयाक्टर पल्टिँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरीका अनुसार मध्यविन्दु-१५ सिमराको भित्री सडक खण्डमा गिरुबारी खोला तर्ने क्रममा ना ७ त २९६७ नंम्बरको ट्रयाक्टर पल्टिएको हो । ट्रयाक्टरमा चढेकी ३६ वर्षीय यमकुमारी थनेत थारुको च्यापिएर घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरमा रहेका अन्य ४ जना जोगिएका छन् ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully