तनहुँ — तनहुँको व्यास नगरपालिका–१ स्थित बुल्दीखोला र मादीसेतीको दोभानमा आज एक पुरुषको शव भेटिएको छ ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी निरीक्षक आशिष विकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
मृतकको शव प्रदेश अस्पताल दमौलीको शव गृहमा राखिएको छ । शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
