देवचुलीमा वृद्धद्वारा श्रीमतीको हत्या

जेष्ठ ३०, २०८२

नारायण शर्मा

Wife killed by old man in Devchuli

नवलपरासी — देवचुलीमा एक वृद्धले आफ्नी श्रीमतीको हत्या गरेका छन् । 

प्रहरीका अनुसार देवचुली नगरपालिका–३ आम्बासमा ९० वर्षका एक वृद्धले आफ्नै ७६ वर्षकी श्रीमतीको रड प्रहार गरी हत्या गरेका छन् ।

गत मंगलबार राति दिलबहादुर थापाले आफ्नी पत्नी जमुना थापाको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेका हुन् ।

घटनास्थलमै जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दम्पतीबीच घरायसी विवाद चर्किँदै जाँदा हातपातको अवस्था सिर्जना भएको थियो । त्यसक्रममा श्रीमान्‌ले फलामको रड प्रयोग गरी श्रीमतीको टाउकोमा प्रहार गरेका थिए । गम्भीर चोटका कारण घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले हत्यापछि फरार भएका दिलबहादुरलाई केही समयमै नियन्त्रणमा लिएको छ । अहिले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully