बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Technical deployment to catch leopards in Bandipur

तनहुँ — बन्दीपुर गाउँपालिकामा पछिल्ला दुई महिनामा चितुवाको आक्रमणबाट दुई जना बालबालिकाले ज्यान गुमाएपछि चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको जिल्ला डिभिजन वन कार्यालयले जनाएको छ ।

बन्दीपुर गाउँपालिका–२ कुवादी र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा टोली  परिचालन भएको हो । डिभिजन वन कार्यालयका प्रमुख शरद् अधिकारीले दिएको जानकारी अनुसार टोलीले चितुवालाई नियन्त्रणमा लिएर स्थानान्तरण गर्नेछ । 

तनहुँका  भानु, बन्दीपुर, आँबुखैरेनी चितुवा आतंकबाट पीडित छ । यो जिल्लामा आठ वर्षमा १६ बालबालिका चितुवाको सिकार बनेका छन् ।

गत सोमबार साँझ घरको आँगनमा खेलिरहेका बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङलाई चितुवाले खाएको थियो ।

कान्तिपुर

Link copied successfully