जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि बिहान ७ बजेदेखि नै सेवा दिने 

जेष्ठ २९, २०८२

सम्झना रसाइली

District Administration Office Tanahun will serve from 7 am on Friday

तनहुँ — जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि नै सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि शुक्रबारबाट बिहान ७ बजेदेखि सेवा दिने भएको हो ।

कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि आउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि ५ बजेसम्म सेवा दिन लागेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी गराए ।

‘बढ्दो गर्मीका कारण चापले सेवाग्राहीलाई सास्ती भएकाले बिहानैदेखि सेवा प्रवाह गर्न लागिएको हो,’ उनले भने, ‘सेवा प्रवाहलाई व्यवस्थित गराउन बिहानैदेखि सेवा प्रवाह हुनेछ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि ७ बजेदेखि सेवा सुरु हुनेछ ।’

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully