गर्मी बढेपछि कावासोती नगरपालिकामा दुई दिन स्कुल बिदा

जेष्ठ २८, २०८२

नारायण शर्मा

Two days of school holidays in Kawasoti municipality after the summer

नवलपरासी — अत्यधिक गर्मी भएपछि कावासोती नगरपालिकाले स्कुलहरू दुई दिनका लागि बिदा दिने उर्दी गरेको छ । गैंडाकोट र मध्यबिन्दु नगरपालिकाको सिको गर्दै कावासोती नगरपालिकाले बिहीबार र शुक्रबार सबै स्कुलमा गर्मी बिदा दिने निर्णय गरेको हो ।

नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले बुधबार एक सूचना जारी गर्दै मिनपचासको बिदामा मिलान नहुने गरी दुई दिन स्कुल बिदा दिने उर्दी गरेका हुन् ।

गैंडाकोट र मध्यबिन्दु नगरपालिकाले यसअघि नै बिदा दिइसकेका छन् । बुधबार दिउँसो सवा २ बजे कावासोतीको तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो । गत एक सातादेखि पानी नपरेका कारण अत्यधिक गर्मी बढेको हो ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully