पोखरामा सडकको बीचमा शव फेला

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

A dead body was found in the middle of the road in Pokhara

कास्की — पोखरा-१५ वन क्याम्पसको बीच सडकमा सोमबार बिहान एक पुरूषको शव भेटिएको छ । वन विज्ञान अध्ययन संस्थानको पर्खालसँगै जोडिएको सडकमा अन्दाजी ३०-३५ वर्षको पुरूषको शव भेटिएको हो । 

शवको छेउमा हथौडासमेत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उक्त शवको हालसम्म पहिचान खुल्न सकेको छैन ।

हत्या वा दुर्घटना भन्नेबारेमा अनुसन्धान भइरहेको बस्नेतले बताए । उक्त शव विहानै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully