खोलामा डुबेर बालिकाको मृत्यु 

जेष्ठ २४, २०८२

नारायण शर्मा

Girl drowned in the river and died

नवलपरासी — विनयी त्रिवेणीमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका -५ देउरालीमा खोलामा डुबेर स्थानीय ८ वर्षीया रोशना रखालकोको मृत्यु भएको हो ।

डुबेर अचेत नाबालिकालाई उद्धार गरी मध्यविन्दु अस्पताल डण्डा ल्याएपछि चिकित्सकले मृत भनेका थिए । 

चार जना बालबालिकाहरू पौडी खेल्न खोलामा गएकोमा रोशना डुबेको प्रहरीले जनायो ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully