काठमाडौँ — अवैधरुपमा जडीबुटी संकलन गरेको आरोपमा स्याङ्जा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतको महाशिला गाउँपालिका–४ का ३५ वर्षीया पुनम गुरुङ, ३२ वर्षीय देवेन्द्र गुरुङ र २५ वर्षिय अमृत भन्ने जीतबहादुर विक रहेका छन्।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ ताउ घडेरी चुत्रेनी जंगलमा चुत्रो जातको जडीबुटी अवैधरुपमा संकलन गरिरहेको सूचनाको आधारमा प्रहरीले चुत्रोसहित बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । चुत्रो जातको जडीबुटी अन्दाजी ५ सय केजी बराबर रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रशन्नराज चौधरीले जानकारी दिए ।
