गोरखा — गोरखा-आरुघाट सड खण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित ढुङ्गागाढेमा सडक भासिँदा सवारी आवागमन प्रभावित बनेको छ । गत वर्षकै वर्षाले उक्त सडक चर्किएको थियो ।
आरुघाट, मनकामनालगायतको क्षेत्र पुग्ने मुख्य सडकअन्तर्गतको ढुङ्गागाढेमा सडक भासिँदा ठूला सवारी साधन चल्न सकेका छैनन् ।
साना सवारी मुस्किलले आउजाउ भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी ईन्द्रप्रसाद सुवेदीले बताए । ‘ढुङ्गागाढेको खोल्सामा ह्युमपाइप राखेको ठाउँबाट सडक भासिएको छ,’ उनले भने,‘मोटरसाइकल र सानो गाडी पास भएका छन्, ठूला गाडी हिँड्न सकेका छैनन् ।’
उक्त सडक भएर सहिद लखन, भीमसेन थापा, आरुघाट, चुमनुव्रीलगायतका क्षेत्रका स्थानीय आउजाउ गर्दै आएका छन् ।
