गैंडाकोटमा माइक्रोबस दुर्घटना : ४ जना घाइते 

जेष्ठ १८, २०८२

नारायण शर्मा

Microbus accident in Ghandakot: 4 injured

नवलपरासी पूर्व — गैंडाकोटमा आइतबार दिउँसो माइक्रोबस दुर्घटना हुँदा ४ जना घाइते भएका छन । आइतबार दिउँसो २ बजे बा ४ ख ५०५० नम्बरको माइक्रोबस गैंडाकोट नगरपालिका कार्यालयअगाडि दुर्घटनामा परेको हो । घाइते सबैलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । माइक्रोमा १६ जना यात्रु थिए ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार दाङबाट काठमाडौं जाँदै गरेको उक्त माइक्रोबसले महेन्द्रराजमार्गमा गलत दिशातर्फ हिँडेको एउटा स्कुटीलाई जोगाउन खोज्दा आफैं दुर्घटनामा परेको हो । दुर्घटनापछि चालक फरार रहेका छन् । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully