दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

जेष्ठ १५, २०८२

नारायण शर्मा

One person died and two others were injured in the accident

नवलपरासी — पूर्वी नवलपरासीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा २५ वर्षीय श्याम आले मगर हुन्। उनी विनयी त्रिवेणीका स्थायी बासिन्दा हुन्। प्रहरीका अनुसार उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको हो।

बिहीबार भएको दुर्घटनामा सोवित कुमाल र दलबहादुर कुमाल घाइते भएका छन्। उनीहरूको उपचार चितवनस्थित पुरानो मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ।

विनयी त्रिवेणीको टाँडीबाट भित्री सडक खण्ड हुँदै जाँदै गरेको ट्याक्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully