मध्यबिन्दु नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु 

जेष्ठ १३, २०८२

नवीन पौडेल

Two youths died in a motorcycle accident in Madhyabindu municipality

नवलपुर — पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । अम्रसाबाट चोरमारा बजारतर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएर  अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालका अनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये 

मध्यविन्दु नगरपालिका–७  बस्ने वर्ष २४ का नवीन कुमाल र स्थानीय २२ वर्षका रादिम मिधुनको मृत्यु भएको हो । उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकलमै सवार रहेका २८ वर्षीय मनिष घर्ती मगरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully