पोखरा — पोखरामा जारी एमाले निकट युवा संघको चुनावमा मंगलबार मतदान सकिएको छ । कुल १ हजार ७ सय ६४ मध्ये १ हजार ४ सय ४ त खसेको छ ।
विद्युतीय मतदानको मुचुल्कापछि केहीबेरमा मतगणना सुरू हुने प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार आजै रातिसम्म मत परिणाम आउने छ ।
युवा संघको १० औं महाधिवेशनमा क्षितिज थेबे र सुमन पुरीको प्यानल प्रतिस्पर्धामा छन् ।
