वाइसीएल गोरखाको अध्यक्षमा गुरुङ

जेष्ठ १२, २०८२

हरिराम उप्रेती

Gurung as president of YCL Gorkha

गोरखा — योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) गोरखाको अध्यक्षमा सुशील गुरुङ निर्वाचित भएका छन्। सोमबार भएको तेस्रो जिल्ला सम्मेलनले गुरुङको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। 

वाइसीएल गोरखाको उपाध्यक्षमा सुवास तामाङ, उपाध्यक्षमा एक बहादुर गुरुङ(ठालु) र मिरा उपरकोटी,  सचिवमा अन्जन गुरुङ र कोषाध्यक्षमा ईश्वर मुडवरी निर्वाचित भएका छन्।

त्यस्तै, सोमबार नै भएको अखिल नेपाल खेलकुद महासंघको दोस्रो सम्मेलनबाट विष्णु श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully